‘बैंक अफ द इयर २०२२’ अवार्डद्वारा नेपाल इन्भेष्टमेण्ट बैंक सम्मानित!
‘बैंक अफ द इयर–२०२२’ अवार्ड नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले पायको छ। लण्डनस्थित दि फाइनान्सियल टाइम्सले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो।
बेलायतको लण्डनमा आयोजित सवार्ड समारोह कार्यक्रममा पुगेर बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले उक्त अवार्ड ग्रहण गरेका हुन्।
फाइनान्सियल टाइम्स लण्डनबाट प्रकाशित दैनिक समाचार पत्र हो। यसले हरेक वर्ष बैंक अफ द अवार्ड घोषणा गर्दै आएको छ। एनआइबीएलले उक्त अवार्ड पाएकोमा सिईओ पाण्डेले गौरवान्वित महशुस गरेको बताए।
उक्त अवार्ड बैंकको स्थिर वृद्धि र कार्यसम्पादन रणनीतिक पहल र प्राविधिक प्रगतिको परिणाम रहेको जनाएको छ। सिईओ पाण्डेका अनुसार बैंकले आफ्ना बृहत ग्राहकवर्गलाई बजारमा माथि उठाउनको लागि नवीन उत्पादन तथा सेवाहरू पनि उपलब्ध गराएको छ।
नेपाल इन्भेष्टमेण्ट बैंकले हालसम्म ८८ शाखा, १३३ एटिएम, २२ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ६० ग्रामीण शाखारहित बैंकिङ काउन्टरबाट १० लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ।
Comments