माछा पाल्ने किसानलाई ५० प्रतिशन अनुदान

व्यावसायिक रुपमा माछा पाल्ने किसानलाई भरतपुर महानगरपालिकाले विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिने भएको छ।  

२०७९-८० को स्वीकृत पशु सेवा विकास कार्यक्रमअन्तर्गत व्यावसायिक मत्स्य फर्मको विद्युत् महसुलमा ५० प्रतिशत अनुदान दिन लागिएको हो । महानगरले आफ्नो नीति तथा कार्यक्रममा अनुदानले यहाँको कृषि उत्पादनलाई वृद्धि गर्ने लक्ष्य लिएको छ। विद्युत् महसुलमा अनुदानका लागि आवेदन पेस गर्न भरतपुर महानगरपालिकाको वेबसाइट वा कृषि महाशाखामा सम्पर्क गर्न किसानलाई अनुरोध गरिएको महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन शाखाप्रमुख मेघराज ढकालले बताए । 

यो कार्यक्रमले मत्स्य कृषकलाई प्रोत्साहन गर्न सहयोग पुर्‍याउने महानगरले अपेक्षा लिइएको उनले बताए।

Comments

Back to top