प्रभु बैंक र युएसआईडीको उद्यम नेपालबीच सम्झौता
प्रभु बैंक र युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजना उद्यम नेपालबीच सम्झौतामा हस्ताक्षर भएको छ ।
सो सम्झौता व्यापार र प्रतिस्पर्धात्मक अन्तर्गतको सहयोग सम्बन्धी भएको हो। युएसआईडीको व्यापार तथा प्रतिस्पर्धा आयोजनाका तर्फबाट पार्टीका प्रमुख प्रतिनिधि एग्नेस लुज र बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन दुवैले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कोभिड १९ महामारी पछि लघु, साना र मध्यम उद्यमका साथै आर्थिक वृद्धिमा पछाडि परेका अर्थतन्त्रका क्षेत्रहरू जस्तै कृषि, पर्यटन र वित्तीय उत्पादन तथा डिजिटल सेवाका क्षेत्रहरुमा काम गर्ने साझा लक्ष्य रहेको बताए ।
प्रभु बैंकले युएसआईडीको ट्रेड एण्ड कम्पिटिसन प्रोजेक्ट इन्टरप्राइज नेपालसँग काम गर्नेछ जसले विभिन्न प्रकारका तालिमहरू र नयाँ प्रविधि, स्रोत र उपकरणहरूको प्रयोगमार्फत कर्मचारीहरूको सीप र प्रतिभालाई बलियो बनाउनेछ।
Comments