दोहा र क्वालालाम्पुरबाट भैरहवामा नेवानिको ४ पुसदेखि सिधा उडान
नेपाल एयरलाइन्सले भैरहवालाई आगामी ४ पुसदेखि एक साथ दुई गन्तव्यमा जोड्ने भएको छ । नेवानिको माग अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘विन्टर सेड्यूल’ स्वीकृत गर्दै यस्तो जानकारी गराएको हो ।
प्राधिकरणका सूचना अधिकृत ज्ञानेन्द्र भुलले यसअघि कटौती भएका नेवानिको उडान पुनः साविकको संख्यामा पुर्याएर तालिका स्वीकृत भएको जानकारी दिए ।
प्राधिकरणको स्वीकृत तालिका अनुसार काठमाडौं–दोहा–भैरहवा–काठमाडौं रुटमा एउटा जहाजले उडान गर्नेछ । काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं रुटमा नेपाल एयरलाइन्सको अर्को जहाजले उडान गर्ने छ ।
प्राधिकरणले १९ डिसेम्बरबाट २५ मार्चसम्मका लागि यो तालिका स्वीकृत गरेको हो ।
Comments