युवतीहरुमा स्तन क्यान्सरको किन हुन्छ जोखिम!

चिकित्सकका अनुसार क्यान्सरमा चलाइने केमोथेरापीले महिलाको प्रजनन क्षमतामा असर पर्न सक्छ। यसैले उपचारका क्रममा महिला बच्चा जन्माउन सक्छन् भने कति वर्षपछि गर्भवती हुन सुरक्षित हुन्छ भनेर हेर्ने गरिन्छ। 

यस्तै, कैयौं अवस्थामा केमोथेरापीले गर्भाशय र अण्डाशयमा पनि असर गर्न सक्छ। यस्तो अवस्थामा उनीहरुलाई गर्भाशयलाई संरक्षण गर्ने सल्लाह दिइन्छ। बिरामी निको भएपछि दुई तीन वर्षपछिमात्र बच्चा जन्माउने योजना गर्न सकिन्छ।

धेरैजसो महिला स्तन काटेर फाल्नुको विकल्प स्तन संरक्षण सर्जरी गर्ने प्रयास गर्छन्। चिकित्सकहरुले जेनेटिक टेस्टका क्रममा पोजिटिभ पाए र अर्को स्तन सामान्य छ भने पनि हटाउने सल्लाह दिन्छन्। किनभने, यदि जिन म्युटेसन भइरहेको छ भने अर्को स्तन पनि प्रभावित हुने सम्भावना हुन्छ। यस्तोमा दुवै स्तन हटाइन्छ।

स्तन क्यान्सरको लक्षण
स्तनमा लम्प या गाँठा हुनु स्तन क्यान्सरको आम लक्षणमा एक हो। यस्तो अवस्था महसुस भए तत्काल मेडिकल परीक्षण गर्नु जरुरी हुन्छ। स्तनमा कुनै पनि प्रकारको सुन्निएको अवस्था छ भने लापरवाही गर्नुहुन्न। यस्तो अवस्था पूरै स्तनमा छ भने अझै सचेत हुनुपर्छ।

स्तनको छालामा कुनै पनि प्रकारको परिवर्तन, पोल्ने, रातोहुने, छाला कडा हुने, निप्पलबाट बाक्लो पदार्थ निस्के, भित्र धस्सिएको छ या दुख्ने छ भने पनि मेडिकल जाँच गराउनुपर्छ।

डाक्टरहरु परिवारका कुनै सदस्यलाई क्यान्सर भएको हिस्ट्री छ भने २५ वर्षको उमेरपछि स्क्रीनिङ र जेनेटिक परीक्षण गराउने सल्लाह दिन्छन्।
 

Comments

Back to top