लक्ष्मी क्यापिटल र सनफर्मरबीच सम्झौता

सौर्य ऊर्जा सेवा प्रदायक कम्पनी सनफार्मर र लक्ष्मी क्यापिटल मार्केट लिमिटेडबीच सम्झौता भएको छ । 

लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत  राजिव सापकोटा र सनफार्मरका प्रमुख संचालन कार्यकारी अधिकृत हरि श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका छन् । लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले स्वच्छ र नवीकरणीय ऊर्जालाई प्रवर्द्धन गर्ने र बैंकिङ तथा परामर्श उद्योगमा सफल अनुभव रहेको सनफार्मरसँग सहकार्र्य गर्न पाउँदा गर्व महसुस गरेका छन् । उनले आगामी दिनमा हुने परियोजनाहरूको लागि पनि टर्निङ प्वाइन्ट हुने विश्वास व्यक्त गरेका छन् । 

निजी इक्विटी र भेन्चर क्यापिटलका लागि इजाजत प्राप्त संस्था लक्ष्मी क्यापिटलले सनफार्मरमा लगानी गर्न लागेको हो । सन् २०१४ देखि अमेरिकी कम्पनी सनफार्मरले नेपालमा ४ सयभन्दा बढी सौर्य ऊर्जा आयोजनाहरू सम्पन्न गरीसकेको छ ।

Comments

Back to top