एनआइबिएल एस क्यापिटल र एचएमडिएलबीच सम्झौता!

नेपाल एनआइबिएल एस क्यापिटल र एचएमडिएलबीच ड्रग्स एवम औषधिलगायतका सामानहरू सिर्जना, उत्पादन र वितरण लगानी सम्झौता भएको छ । 

उक्त सम्झौतामा एचएमडिएलका प्रमुख कार्यकारी अधिकृत अभिषेक दुगड र क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवन्थबहादुर पाण्डेले हस्ताक्षर गरेका छन्। यसले भारतको सबैभन्दा ठूलो नुन-टु-सफ्टवेयर कम्पनी, टाटा मेडिकल एण्ड डायग्नोस्टिक्ससँग साझेदारीमा मेडिकल उपकरण रिएजेन्ट्सहरू, फार्मास्युटिकल ड्रग्स एवम औषधिलगायतका सामानहरू सिर्जना, उत्पादन र वितरण गर्दछ।

एचएमडीएल मेडिकल टेक र डायग्नोस्टिक उद्योग अग्रणी फर्म हो।

Comments

Back to top