मस्क र एप्पल बीच तनाव!

विश्वका सबैभन्दा धनी व्यापारी एलोन मस्कले एप्पलले आईओएस एप स्टोरबाट ट्विटर एप हटाउने धम्की दिएको दाबी गरेका छन् । 

मस्कले एक ट्वीटमा एप्पलले प्लेटफर्ममा अधिकांश विज्ञापनहरू बन्द गरेको दाबी पनि गरे। मस्क आफ्नो ट्विटरमा ट्वीट गर्दै  ‘एप्पलले ट्विटरमा अधिकांश विज्ञापन रोकेको उल्लेख गरेका छन्। एप्पलका सीईओ टिम कुकलाई मस्कले अर्को ट्वीटमा प्रश्न गर्दै  "@टिम कुक यहाँ के भइरहेको छ?"

मस्कले यो पनि अनुरोध गरे कि एप्पलले सेन्सरशिपका सबै  कार्यहरू सार्वजनिक गर्नुपर्छ जसले आफ्ना ग्राहकहरूमा प्रभाव पार्छ। तर, एप्पलले मस्कको भनाइमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

Comments

Back to top