एनएमबी बैंकले ल्यायो मान्यजन बचत खाता

एनएमबी बैंकले एनएमबी मन्यजन बचत खाता सुरु गरेको छ । यसअन्तर्गत पैसा जम्मा गर्ने ग्राहकले सबैभन्दा बढी ब्याज पाउने बैंकको घोषणा छ । 

खाता विशेष गरी ज्येष्ठ नागरिकको आवश्यकतालाई ध्यानमा राखेर यो बचत खाता सिर्जना गरिएको बैंकको दाबी छ। बैंकले ग्राहकलाई ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै प्राथमिकताका आधारमा सेवा लिन सक्ने गरी घरेलु बैंकिङ सुविधा पनि उपलब्ध गराएको छ । 

नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एनएमबि बैंकले विगत २६ वर्षदेखि बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । एनएमबी बैंक एक प्रतिष्ठित वित्तीय संस्था पनि हो ।

Comments

Back to top