स्याउ खानुका फाइदाहरु यस्ता छन्!

दिनको एउटा स्याउले डाक्टरलाई टाढै राख्छ, यो भनाइ हामी सबैले बाल्यकालदेखि सुन्दै आएका छौं। स्वास्थ्यका लागि फलफूलको चर्चा हुँदा प्रायः पहिलो नाम नै आउँछ, स्याउ । यसमा लगभग सबै पौष्टिक तत्वहरू छन्, जुन हाम्रो स्वास्थ्यको लागि लाभदायक मानिन्छ। यस लेखमा तपाईले स्याउको फाइदा बारे जान्नुहुनेछ।

स्याउको स्वास्थ्य लाभ यस्ता छन्;
१ . वजन कम गर्न मद्दत
स्याउमा एक प्रकारको एन्टिअक्सिडेन्ट र अन्य धेरै पोषक तत्वहरू प्रशस्त हुन्छन्। यसमा पाइने पोलिफेनोल्सले शरीरमा मोटोपना विरोधी गुणको रूपमा काम गर्छ। यसले शरीरबाट फ्रि रेडिकलहरू र बोसो बढाउने तत्वहरूमा कम गर्छ, जसले तपाईंलाई तौल घटाउन मद्दत गर्छ ।
२. क्यान्सर
अनुसन्धानले पत्ता लगाएको छ कि स्याउ खानुको फाइदा क्यान्सरसँग लड्न पनि देखिएको छ। स्याउको गुणले तपाईलाई एक होइन धेरै प्रकारको क्यान्सरबाट बचाउन सक्छ। यसमा प्रोस्टेट, फोक्सो र अण्डाशयको क्यान्सरका साथै अन्ननली, कोलोन र स्तन क्यान्सर समावेश छ। यसको एन्टिअक्सिडेन्ट गुणहरूले कम गर्छ र क्यान्सर कोशिकाहरू बढ्नबाट रोक्छ र शरीरमा डिटोक्सिफाइ गर्ने इन्जाइमहरू बढाउन काम गर्दछ।
३ . मधुमेह
एक वैज्ञानिक अध्ययन अनुसार स्याउ जस्ता फलफूलको सेवनले मधुमेह जस्तो रोगसंग लड्न सहजोग गर्छ । यसमा पाइने फाइबरले खराब कोलेस्ट्रोल कम गर्छ र राम्रो कोलेस्ट्रोल बढाएर मधुमेह कम गर्न मद्दत गर्छ।
4. पित्त थैलीको पत्थरीको लागि
सामान्यतया पित्तथैलीमा कोलेस्ट्रोलको मात्रा बढी जम्मा हुँदा पित्त थैलीको पत्थरी सानो कडा कणको रूपमा बन्ने गर्छ। यो समस्या ती व्यक्तिहरूलाई बढी हुन्छ, जसको तौल आवश्यकताभन्दा बढी हुन्छ। यस्तो अवस्थामा स्याउ जस्ता फाइबर युक्त खानेकुराको सेवनले तौल घटाउन मद्दत गर्छ, जसले पित्त थैलीको पत्थरीबाट राहत दिन्छ।

यसरी, स्याउ खाने तर कतिबेला यो हरेकले जान्न जरुरी छ । डाइट एक्सपर्ट डाक्टरहरूका अनुसार केहि नास्ता गरिसकेपछि स्याउ खानु उत्तम मानिएको छ। स्याउको बोक्रा फालेर खाने चलन छ ,यसले फाइदा होइन बेफाइदा गर्दछ ।

Comments

Back to top