एनसेलद्वारा ई-सिम वितरण
एनसेल आजियाटा लिमिटेडले शुक्रबार (मंसिर ९) देखि आफ्ना ग्राहकहरुलाई ई–सिम वितरण गर्न थालेको घोषणा गरेको हो। एनसेलका ग्राहकहरुले अब आफ्नो सिम ई–सिममा अपग्रेड गर्नसक्ने भएका छन्।
इम्बेडेड सिम अर्थात् ई–सिम हाल प्रयोग भईरहेको भौतिक सिमको सट्टामा प्रयोग गर्न मिल्ने डिजिटल सिम हो। यससँगै ग्राहकले ई–सिम चल्ने मोबाइलमा ई–सिमको प्रयोग मार्फत फाइदा लिन सक्छन्। यो सिम ई–सिम सपोर्ट गर्ने मोबाइल वा उपकरण भित्र सानो चिपमा हुन्छ र यसबाटै दूरसञ्चार सेवा लिन सकिन्छ ।
एसएमएसमार्फत एनसेलका ग्राहकहरूले अनुरोध पठाई सजिलै आफ्नो हाल प्रयोग भइरहेको सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । ई–सिम सुचारु गर्नु भन्दा पहिला ग्राहकले एनसेलको प्रतिनिधिबाट ग्राहक पहिचानका लागि कल प्राप्त गर्दछन् । यो एसएमएस पठाउन र सिम अपग्रेड गर्नका लागि कुनै शुल्क लाग्ने छैन ।यसका लागि ग्राहकले आफ्नो नागरिकता नम्बर, इमेल ठेगाना टाइप गरी १७१२५ मा एसएमएस पठाउनु पर्दछ ।
आफुलाई पायक पर्ने नजिकैको एनसेल सेन्टरबाट ग्राहकले आफ्नो सिम ई–सिममा अपग्रेड गर्न सक्छन् । कुनै पनि एनसेल सेन्टरबाट नयाँ ग्राहकहरुले पनि आफुले चाहेको स्टार्टर प्याकका साथ आवश्यक प्रक्रिया पुरा गरि ई–सिम लिन सक्ने एनसेलले जनाएको छ ।
उपभोक्ता र व्यवसायदुवै माझ कनेक्टेड डिभाइसहरुको प्रयोग बढ्ने क्रममा रहेकाले ई–सिमले सूचनातथा सञ्चार प्रविधिको विकासमामहत्त्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीले लिएको छ ।
Comments