जाडोमा हाडजोर्नी समस्या

जाडोमा हाडजोर्नीमा दुखाइ बढ्न सक्छ । यसको कारण यो मौसममा शरीरका रक्तनली तथा रक्तकोशिका खुम्चिन्छन् । विशेषतः बाथ रोगीलाई जाडोमा बढी दुख्छ । हाडजोर्नीसँग सम्बन्धित शल्यक्रिया गरेकाहरूलाई पनि जाडोमा बढी दुखेको महसुस हुन्छ। 

जोर्नीको दुखाई सामान्य र गम्भिर दुवै खालको हुन्छ। सामान्य दुखाईलाई त खानपान र जीवनशैलीमा परिवर्तन गरेर ठिक गर्न सकिन्छ तर, गम्भिर दुखाईको लागि उपचारको आवश्यकता हुन्छ।

जोर्नी दुख्ने विभिन्न कारणहरु हुन सक्छन्: बोन फ्लुइड वा मेम्बे्रेनमा परिवर्तन आउनु, चोट लाग्नु वा भित्रभित्रै कुनै रोगको संक्रमण बढ्नु, हड्डीको क्यान्सर, आर्थाइटिस, मोटोपना, ब्लड क्यान्सर आदि ।

यसबाट बच्न शरीरलाई न्यानो राख्नुपर्छ । खानपानमा विशेषगरी दूध र यसबाट बनेका परिकार खाँदा हड्डी बलियो हुन्छ । साथै बिहानको घाम ताप्नुपर्छ । स्किन एलर्जी छ भने भिटामिन ‘डी’ सप्लिमेन्ट लिने र प्रोटिनयुक्त खानेकुरा प्रशस्त खानुपर्छ । तर, रातो मासु भने खानु हुँदैन । यति गर्दागर्दै पनि रोग लागिहाल्यो भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ ।क्याल्सियमयुक्त खाद्यपदार्थ जस्तै दूध, दूधबाट बनेका चीज, ब्रोकाउली, सालमन माछा, पालुंगो, राजमा, बदाम, तोफु आदिको सेवन गर्नुहोस् ।

भिटामिन सी र डी स्वस्थ जोर्नीको लागि उपयोगी हुन्छ । यसैले यसबाट भरपुर खाद्यपदार्थ जस्तै स्ट्रबेरी, सुन्तला, किवी, पाइनापल, काउली, ब्रोकाउली, बन्दा, दूध, दही माछा आदिको पर्याप्त सेवन गनुैहोस् ।

फलफूल र सब्जीहरुको सेवन धेरै मात्रामा गर्नुहोस् । यसले ओस्टियो आर्थाइटिसबाट बच्न सकिन्छ ।  त्यस्तै जाडो महिनामा अदुवा र बेसारको सेवन गर्नुहोस् । यसले जोर्नी सुन्निने समस्यालाई कम गर्छ ।

सुन्निन बढाउने पदार्थहरु जस्तै नुन, चिनी, मदिरा, क्याफिन, तेल, ट्रान्स फ्याट र रातोमासुको सेवन कम गर्नुहोस् ।आरामदायी जिन्दगी नजिउनुहोस् । पैदल हिँड्ने, जगिङ गर्ने, डान्स गर्ने, जिम जाने, सिँढी चढ्ने वा हल्काफुल्का व्यायाम गरेर पनि हड्डीलाई मजबुत बनाउन सकिन्छ ।

Comments

Back to top