नुन कम खानुस् र जोगाउनुस् मुटु!

नुनको विकल्पमा अन्य चिज खाँदा मुटुसम्बन्धी रोगबाट मृत्युको जोखिम कम गर्न सकिने अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको छ ।

नुन एक प्रकारको रासायनिक तत्व हो । यसमा केही सूक्ष्म तत्वहरु हुन्छन्। नुनमा सोडियम, कोलोराइड मुख्य रुपले हुन्छ।

अहिलेको आधुनिक स्वास्थ्य विज्ञानलाई हेर्ने हो भने नुन हाम्रो शरीरको लागि अत्यन्त आवश्यक छ । हामीलाई २४ घण्टाभित्र ५ ग्राम नुन चाहिन्छ । यद्यपि, आयुर्वेदिक र पूर्वीय विज्ञानले भने नुन हामीले विभिन्न प्राकृतिक आहारबाट पनि पाउने गर्छौं, तथापि शरीरको लागि केही मात्रामा नुन आवश्यक रहेको छ ।

अमेरिकन हार्ट एशोसिएसनले पनि एउटा वयस्क व्यक्तिका निम्ति दिनमा दुई चम्चा नुनको सेवन गर्न सुझाव दिएको छ । जबकी उच्च रक्तचाप भएका व्यक्तिलाई भने आधा चम्चा नुन खान सिफारिस गरेको छ ।

अस्ट्रेलिया र चिनियाँ विज्ञसहितको अन्तरराष्ट्रिय अनुसन्धान टोलीले गरेको नयाँ अध्ययनले देखाएको विवरण अनुसार नुन कम खानु नै फाइदाजनक छ ।

पोटासियम नुन सोडियम नुनभन्दा केही महँगो भए पनि स्वास्थ्यका निम्ति त्यो उपयोगी भएकाले त्यसको उपयोगमा जोड दिन आवश्यक देखिन्छ । आयोडिनयुक्त नुन कण्ठरोग निवारण लागि ल्याइएको झै सोडियमयुक्त नुन हटाएर पोटासियमयुक्त नुनको प्रयोग बढाउन सकिन्छ ।

त्यस्तै, खानामा नुनको प्रयोग धेरै भएमा त्यसले मिर्गौलालाई समेत असर पार्ने गर्छ भने नुनको अत्याधिक मात्रामा सेवन गर्नाले प्यास समेत जगाउँछ। त्यो कसरी भन्दा जब शरीरमा नुनको मात्रा धेरै हुन्छ, उक्त नुनले कोषिकामा भएको पानी स्वत सुक्न थाल्छ, जसका कारण शरीरमा पानीको कमी भई प्यास लाग्ने गर्छ ।

यसबाहेक, पहिले नै मुटु रोग लागेका मानिसहरुले नुनको सेवन अत्याधिक मात्रामा गरेको खण्डमा उनीहरुको मुटुले राम्ररी रगत पम्प गर्न सक्दैन । मुटुले राम्ररी रगत पम्प गर्न नसकेको खण्डमा हृदयाघात हुने जोखिम उच्च हुन्छ ।

विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भर्खर जन्मेका शिशुदेखि ६ वर्षका बालबालिकालाई दैनिक ९० माइक्रोग्राम, ६ देखि १२ वर्षसम्मका बालबालिकालाई १२० माइक्रोग्राम, गर्भवती तथा दूध खुवाउने आमालाई दैनिक २५० माइक्रोग्राम तथा किशोरकिशोरी र वयस्कलाई १५० माइक्रोग्राम आयोडिन दैनिक आवश्यक पर्छ ।धेरै नुन खानुले उच्च रक्तचाप, हृदयघात, मिर्गौला समस्या निम्त्याउने गर्छ । यसको मतलब नुनलाई पूर्ण रूपमा छाड्नपर्छ भन्ने होइन, तर नुन वास्तवमा मानव शरीरको लागि महत्वपूर्ण पोषक तत्व हो। 

पोटासियम नुनले जुनसुकै उमेर, तौल, वर्ण, लिङ्ग वा जातिका मानिसको रक्तचाप कम गर्न मद्दत गर्छ। 

Comments

Back to top