पेले: फूटबलका भगवान जो खालि खुट्टा बल खेल्थे!

एड्सन आरान्तेस दो नासिमेन्तो ब्राजिलका पूर्व फुटबल खेलाडी हुन्। उनलाई संसारभरिका मानिसहरू पेले उपनामले चिन्दछन्।

पेलेको जन्म ब्राजिलको त्रेश कोरसोंइसमा अक्टुबर २३, १९४०मा भएको थियो। पेलेलाई आफ्नो खेल जीवनमा 'फुटबलको राजा' भनेर पनि चिनिन्थ्यो। अन्तर्राष्ट्रिय ओलिम्पिक समितिले उनलाई सताब्दि-खेलाडी उपाधि दिएको छ। उनी राष्ट्रिय सकर ख्याति-बैठक (Hall of Fame) का सदस्य हुन्।

१६ वर्षमै उनी ब्राजिलको राष्ट्रिय टोलीमा परे र १७ वर्षको उमेरमा विश्वकप खेल्ने विश्वकै कान्छो खेलाडी पनि बने । सन् १९५८को त्यो विश्वकपपछि त उनी एड्सन अरान्ते दो नासिमेन्तो रहेनन्, पेले भनेर चिनिए । ब्राजिलियन -पोर्चुगली) भाषामा नाङ्गो खुट्टाले खेल्नुलाई पेलेदास भनिन्छ । उनको वचपन त्यसैगरी खेलेर बितेको थियो । तर, अब आएर उनलाई गरएिको पेले सम्बोधनमा आदर, माया र स्नेह भरएिको थियो । यो नाममा ती महान् खेलाडीको दुःख, कष्ट र दरदि्रताको कथा भरएिको छ ।

आफ्नो देश ब्राजिलमा, खेलमा उनको उपलब्धि र योगदानका कारण, पेलेलाई राष्ट्रिय नायकका रूपमा लिइन्छ। फिफाले आधिकारिक रूपमै विश्वभरका लागि उनलाई फुटबल राजदुत नियुक्त गरेको छ। उनलाई ब्राजिलको सरकारले राष्ट्रिय सम्पति घोषणा गरेको छ।

गरीबहरूको सामाजिक अवस्था सुधार्ने नीतिहरूप्रति उनले गरेका समर्थनहरू निक्कै उलेख्य छन्। जब उनले एक हजारौँ गोल गरे, त्यसलाई उनले ब्राजिलका गरीब बालबालिकाका निम्ति समर्पित गरे। उनले आफ्नो देश ब्राजिलमा लाखौँको संख्यामा रहेका सडक बालबालिकाका लागि आत्मनिर्भरता-उन्मुख कल्याणकारी कार्यक्रम पनि सञ्चालन गररिहेका छन् । 

ब्राजिलले पेलेको उदय हुनुअघिसम्म एकपटक पनि विश्वकप उपाधि जितेको थिएन । सन् १९५८को विश्वकपमा पेलेलाई खेलाईएपछि ब्राजिल पहिलोपटक विश्व च्याम्पियन बन्यो । यो विश्वकपमा आफ्नो अद्भुत खेल देखाउँदै पेलेले दुई गोल गरेपछि स्वीडेनविरुद्ध ब्राजिल ५-२ले विजयी भयो । त्यही विश्वकपदेखि उनी विश्व फुटबलमा चर्चित बन्दै गए र कालान्तरमा फुटबलका जादुगर कहलिए ।

आफ्नो २२ वर्ष लामो सक्रिय व्यावसायिक फुटबल जीवनमा उनले कुल १ हजार ३ सय ६३ वटा स्पर्धामा १ हजार २ सय ८१ गोल गरे । एक हजारभन्दा बढी गोल गर्ने एक मात्र खेलाडी मानिएका पेलेले आजीवन ब्राजिलियन क्लब सान्तोसकै लागि मात्र खेलेका थिए । सन् १९७०को विश्वकप फुटबलको इङ्ल्याण्डविरुद्धको खेलमा पेलेको एउटा प्रहार कति शक्तिशाली थियो भने त्यसलाई रोक्ने प्रयास गर्दा इङ्ल्याण्डका तत्कालीन गोलकिपर गोर्डन ब्याङ्कसको हात नौ ठाउँमा भाँचिएको थियो ।

सन् १९५८, १९६२ र १९७० तीनपटकमा विश्व च्याम्पियन बन्ने टोलीमा सहभागी भएका आजसम्मकै एक मात्र खेलाडी पेले दुईपटक विश्वकपका सर्वश्रेष्ठ खेलाडी घोषित भएका थिए । पेलेको सन्न्यासपछि ब्राजिलले चौथोपटक विश्वकप विजेता बन्न २४ वर्ष कुर्नुपर्‍यो। 

यसरी, मानिस प्रसिद्ध भएपछि उसका सम्बन्धमा कथा, उपकथा र क्रमशः किंवदन्तीहरू जन्मँदै, फिँजिँदै जान्छन् । तर, केही त्यस्ता वास्तविक प्रसंगहरू छन्, जसले पेलेलाई साँचो अर्थमा फुटबलका किंवदन्ती बनाएका छन् ।
 

Comments

Back to top