अजोड इन्स्योरेन्सको विशेष साधारणसभा आज, के के छन् एजेन्डा ?
अजोड इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा आज शुक्रबार (मंसिर ९ गते) हुँदैछ । सभा लैनचौर बैङ्क्वैट काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीले हाल कायम रहेको सेयर संरचनालाई परिमार्जन गरी संस्थापक र साधारण सेयरधनीहरुको सेयर अनुपात ५१: ४९ बनाउने प्रस्ताव पेश गर्नेछ । साथै, सभाले अजोड इन्स्योरेन्स कम्पनी र प्रभु इन्स्योरेन्ससंग मर्जरमा जाने प्रस्तावलाई अनुमोदन गर्नेछ ।
कम्पनीले विशेष साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २ गते बुकक्लोज गरेको थियो । यसर्थ मंसिर १ गतेसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् । प्रभु र अजोड इन्स्योरेन्स मर्जर प्रक्रियामा रहेकाले हाल दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार रोक्का छ ।
Comments