टफिचु तड्का लिची' सूर्य नेपालको नयाँ उत्पादन नेपाली बजारमा!
सूर्य नेपाल प्रालिले टफिचु तड्का लिची नेपाली बजारमा भित्र्याएको छ । नयाँ तड्का लिची ‘टेस्टको नयाँ ट्वीस्ट’ को नारासहित कम्पनीले आफ्नो कन्फेक्सनरी ब्रान्ड टफिचुअन्तर्गत बजारमा सार्वजनिक गरेको हो।
लिची आँप र पाइनापलको स्वादमा टफिचु तड्का उपलब्ध हुँदै आएको छ र लिचीको नयाँ स्वादले तड्काको पोर्टफोलियो विस्तारमा साथ दिने कम्पनीले जनाएको छ ।
टफिचु तड्का लिची नेपालभरका रिटेल पसलहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। टफिचुका विभिन्न उत्पादनहरू नेपाली बजारमा आफ्नो उपस्थिति जनाई ग्राहकहरूको मन जित्न सफल भइरहेका छन्।
हाल टफिचुअन्तर्गत फ्रुट फन, फ्रुटी डिलाइट, डुज क्रिम ल्याक्टो, तड्का (आँप तथा पाइनापल), चटपट फन तथा कफिटिनो बजारमा उपलब्ध छन्।
Comments