कुमारी बैंकको सेयर कारोबार फुकुवा
नेप्सेले मर्जर कारण कारोबार बन्द रहेको कुमारी बैंकको सेयर कारोबार फुकुवा गरेको छ । बैंकको सेयर कारोबार आइतबारदेखि सुरु हुनेछ । यसको एनसीसी बैंकसँग मर्जर प्रक्रियाका रहेको कारण असोज ११ गतेदेखि सेयर कारोबार रोक्का रहेको थियो ।
नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ मा भएको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार बैंकको सेयर कारोबार फुकुवा गरेको हो ।
Comments