बैंक अफ काठमाण्डूको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बैंक अफ काठमाण्डूको सेयरमूल्य समायोजन भएको छ । कम्पनीको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ २१४.२५ रूपैयाँ कायम भएको छ । नेप्सेले बैंकको अन्तिम कारोबार मूल्य २२७.१० रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरेको हो ।

Comments

Back to top