एलजी टेलिभिजनको क्यास ब्याक अफर!

एलजीले खेलकुदको मौसमलाई  केन्द्रित गर्दै आफ्ना टेलिभिजन उत्पादनहरुमा आकर्षक क्यास ब्याक अफरको घोषणा गरेको छ । नेपाली दर्शकले चाहेको गुणस्तरीय टेलिभिजनको आवश्यकतालाई ध्यानमा राखेर खेलप्रेमीका लागि उपयुक्त विकल्प हुने विश्वास लिएको छ । 

यो क्यास ब्याक क्याम्पेन, स्टेडियम कम्स होम, एलजीको टिभीहरुका लागि मात्र रहेको छ । ग्राहकहरुले ओलेड, नानोसेल, युएचडी र स्मार्ट टिभीहरुका विभिन्न आकर्षक मोडलहरुका टिभीहरु देशभरका कुनै पनि एलजी शोरुम र एलजीको अधिकृत विक्रेताहरुकोमा गएर खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

सो अफरमा ३५ प्रतिशतसम्म क्यास ब्याक बाहेक ग्राहकहरुले एलजी नानोसेल टिभीको साथ निःशुल्क एलजी साउन्ड बार, निःशुल्क एलजी सर्टिफाइड इन्स्टलेसन, एलजी लोयल्टी क्लब रिवार्ड प्रोग्राम, शुन्य प्रतिशत आकर्षक ईएमआई अप्सन, निःशुल्क डेलिभरी र एक्सचेन्ज अफर पनि पाउने कम्पनीले जानकारी दिएको छ ।

‘एलजी नेपालले आफ्ना ग्राहकहरुलाई सधैं विश्वस्तरीय प्रविधिको अनुभव प्रदान गर्ने प्रयास गर्दै आएको छ । यो अफर क्याम्पेन त्यही निरन्तर प्रक्रियाको एक हिस्सा हो, जहाँ हामी हाम्रा ग्राहकहरुले यस मेगा स्पोर्टिङ इभेन्टको हरेक पलको आनन्द लिनुहोस् भन्ने चाहन्छौं,’ एलजी नेपालका ब्राण्ड म्यानेजर मुकेश बैठाले  जानकारी दिए ।

Comments

Back to top