नेप्से इन्ट्राडे अपडेट: लगभग ६ अङ्कको गिरावट !
आज नेप्से बजार केही अङ्कले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म १९२३ को नजिक आएको छ। ६.६९ अङ्कले घटेर नेप्से परिसूचक १९२३.०१ मा आएको हो । आज २ घण्टामा लगभग ५० करोड कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा घटी हो।
यस्तै, आजको टप गेनरमा सिभिल बैंक रहेको छ जसको ८.९२ % मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा विअन नेपाल लघुवित्त रहेको छ जसले ४.०५ % गुमाएको छ।
Comments