पिपुल्स हाइड्रोपावरको आईपीओ आज बाँडफाँट हुँदै
पिपुल्स हाइड्रोपावर कम्पनीको आईपीओ आज बुधबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा दिउँसो ४ बजे आईपीओ बाँडफाँट गरिँदैछ । यसको आईपीओ ५ लाख १५ हजार ७८८ जनाले मात्र हात पार्नेछन् । यसमा १२ लाख ३४ हजार ३१० जना आवेदकले १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा बढी आवेदन परेकोले उक्त आईपीओ गोलाप्रथाको माध्यमबाट वितरण गरिनेछ ।
हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आईपीओ जारी गरेको थियो । यो मध्ये ५ प्रतिशत अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३ प्रतिशत अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ ।
Comments