नेप्सेमा करिब ७ अङ्कको गिरावट, कारोबार रकम करिब १ अर्ब नजिक!
आज मंगलबार ७.१३ अङ्कले घटेर ०.३७% गिरावटका साथ नेप्से परिसूचक १९२९.७० अंकमा बन्द भएको छ। कारोबार भएका २२८ कम्पनीमध्ये ५२ कम्पनी उकालो लागेका छन्, १३२ कम्पनी ओरालो लागेक छन् भने ६ कम्पनी स्थिर रहेका छन्।
कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा जानकी फाईनान्स रहेको छ, जसको ६.२३ % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा युनिलिवर नेपाल कम्पनी रहेको छ, जसको सेयर मूल्य ५.५८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभर र भोलुममा नेपाल बैंकको कारोबार भएको छ।
Comments