ऊनीजन्य वस्तुको निर्यात बढ्दो

भन्सार विभागकाे विगत ८ वर्षको तथ्यांक हेर्दा क्रमश निर्यात बढ्दै गएको देखिएको हो । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्रै १ अर्ब ६८ करोड ३० लाख रुपैयाँ बराबरको ऊनीजन्य सामग्री निर्यात भएको छ । 

मुलुकबाट ऊनीजन्य वस्तु (फेल्ट)काे निर्यात बर्सेनि बढ्दै गइरहेकाे छ । गत वर्ष सोही अवधिमा १ अर्ब ६५ करोड  २४ लाख रुपैयाँ बराबरको निर्यात भएको थियो ।

झण्डै पाँच वर्षअघि वार्षिक ९० करोडको हाराहारीमा निर्यात हुने ऊनीजन्य वस्तुहरु गत वर्ष ४ अर्बको निर्यात भएको विभागको तथ्यांक छ । अघिल्लो आर्थिक वर्ष ३ अर्ब ६१ करोड रुपैयाँ बराबरको ऊनीजन्य वस्तु निर्यात भएको थियो ।

ऊनीबाट बनेका जुत्ता, खेलाैना लगायत वस्तु धेरै निर्यात भएको छ। स्वदेशी उत्पादन राम्रो हुने भएकाले निर्यात बढ्दै गएको हो।  नेपालमा ऊनीजन्य वस्तु उत्पादन गर्ने १५० वटा उद्योग छन् । त्यस्तै ४० भन्दा बढी निर्यातकर्ताहरु रहेको संघले जनाएको छ । 

नेपाली फेल्टजन्य उत्पादन अष्ट्रेलिया, डेनमार्क, अमेरिका, जर्मनी, नेदरल्याण्ड, कोरियालगायत विभिन्न मुलुकमा निर्यात हुन्छ ।
 

Comments

Back to top