शताब्दी पुरुष सत्यमोहन जोशी: नेपाली संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासका लागि उनको योगदान!
सत्यमोहन जोशीको जन्म वि. सं. १९७७ वैशाख ३० थियो। बाबु शङ्करराज जोशी र आमा नोगलदेवीका सुपुत्रका रूपमा वि. सं. १९७७ वैशाखमा ३० मा बखुम्बहाल, ललितपुरमा जन्मेका सत्यमोहन जोशीले हाम्रो लोक संस्कृति का लागि पहिलो पटक विसं २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रो पटक विसं. २०१७ सालमा, र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि संयुक्त रूपमा तेस्रो पटक विसं २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका थिए।
नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासमा लागि परेका हुनाले उनको योगदानको कदर स्वरूप सुप्रबल गोर्खा दक्षिणबाहु विख्यात त्रिशक्ति पट्ट, आदिकवि भानुभक्त पुरस्कार, काठमाडौँ विश्व विद्यालयले विद्यावारिधीको मानार्थ प्रमाणपत्र प्रदान गरेको थियो। नेपाल सरकारले पनि उज्ज्वल कीर्तिमान राष्ट्रदीपले सम्मानित गरेको थियो।[६] तीन पटकसम्म मदन पुरस्कार प्राप्त गर्न सफल भएका जोशी प्रबन्ध तथा अनुसन्धानात्मक कृति नेपालीमा १०, नाटक पाँच, काव्य दुई र कथा सङ्ग्रह पाँच तथा नेवारी भाषामा गरी करिब ५० कृति प्रकाशित भइसकेका छन्।
शताब्दी पुरुष सत्यमोहन जोशीले जीवनभर साहित्य, कलासंस्कृति र रङ्गमञ्चमा गरेका योगदानका विविध आयाम समेटेर कवि तथा लेखक अनिल पौडेलद्वारा लिखित ‘जुरेली दर्शन’ पुस्तक प्रकाशनमा ल्याएका थिए। नेपालमा लिच्छवि कालदेखि आधुनिक नेपालसम्म प्रयोग भएका मुद्राहरूको खोज तलास गर्दै र यही सेरोफेरोमा लेखिएको ‘नेपाल राष्ट्रिय मुद्रा’ नामक पुस्तकका लागि विसं. २०१७ मा उनले दोस्रोपटक मदन पुरस्कार प्राप्त गरेका थिए। तेस्रोपटक वि. सं. २०२८ सालमा उनले ‘कर्णाली लोक संस्कृति’ पुस्तकका लागि मदन पुरस्कार पाएका थिए। हालसम्म तीनपल्ट मदन पुरस्कार पाउने उनी एक्ला व्यक्ति हुन्।
जोशी नेपालको इतिहास र संस्कृतिको अनुसन्धानका लागि परिचित छन्। उनको निधन २०७९ असोज ३० गते १०३ वर्षको उमेरमा भएको थियो।
यसरी, संस्कृतिको संरक्षण, संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासमा लागि उनको ठुलो योगदान रहेको छ
Comments