चुकन्दर खानु स्वास्थ्यका लागि निकै फाइदाजनक

चुकन्दर स्वास्थ्यका लागि सबैभन्दा पौष्टिक र लाभदायक छ।  

कम क्यालोरी हुनुको साथै, चुकन्दरमा प्रोटिन, फोलेट, म्याग्नेसियम, भिटामिन-बी र आइरन प्रचुर मात्रामा पाइन्छ, जसले यसलाई स्वास्थ्यका लागि निकै फाइदाजनक बनाउँछ। गाढा रातो रंगको चुकन्दरमा धेरै आवश्यक भिटामिन, खनिज र पोषक तत्वहरूमा धनी छ। यो वर्षौंदेखि सलाद र जुसको रूपमा खपत हुँदै आएको छ ।

चुकन्दरले हड्डीको निर्माण, पोषक तत्व, मस्तिष्कको कार्य र शरीरका लागि अन्य आवश्यक कार्यहरूमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। यसबाहेक चुकन्दरमा अरु तत्वहरु पनि पाइन्छ जुन ऊर्जा उत्पादनका लागि आवश्यक हुन्छ र यसले काम गर्ने शक्ति दिन्छ।

आफ्नो दैनिक आहारमा चुकन्दर समावेश गर्नाले रक्तचापको समस्याबाट सजिलै राहत पाउन सकिन्छ। रक्तअल्पताको समस्याबाट जोगाउन पनि यसलाई निकै फाइदाजनक मानिन्छ । चुकन्दरको रस थकान रोक्न र लामो समयसम्म काम गर्ने शरीरको क्षमतालाई कायम राख्न विशेष फाइदा हुन सक्छ। 

त्यस्तै, फाइबरले पाचन स्वास्थ्यलाई बढावा दिनुका साथै कब्जियत, पेट फुल्ने र आन्द्रासम्बन्धी रोगहरू नियन्त्रण गर्न मद्दत गर्छ ।  फाइबर कोलोन क्यान्सर, हृदय रोग र मधुमेह भएका बिरामीहरूको लागि पनि आवश्यक छ।

स्वास्थ्य विज्ञहरूका अनुसार चुकन्दरलाई दैनिक आहारमा जुस वा सलादको रूपमा समावेश गर्नुहोस्। यसले छालालाई निखार्नका साथै धेरै रोगबाट बचाउन मद्दत गर्छ ।
 

Comments

Back to top