नेपाल लाइफद्वारा ५४.७६ अर्व दावी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ५४.७६ अर्व दावी भुक्तानी गरेको छ । 

इन्स्योरेन्सले २०७९ असोज मसान्त सम्म ५.०३ अर्व मृत्यु दावी, १५.२६ अर्व अवधि समाप्ति दावी भुक्तानी, र १८.५३ अर्व आंशिक अवधि भुक्तानी गरिसकेको छ । 

अवधि भुक्तानी दावी बीमाको अवधि समाप्ति पश्चात भुक्तानी गरिन्छ भने मृत्यु दावी तथा अन्य क्षतिको दावी बीमा अवधि भित्र जुन सुकै समयमा घटित घटना पश्चात भुक्तानी गरिन्छ तर बीमा पूर्णतया अभिछिन्न चालु रहनु पर्दछ ।

त्यस्तै आंशिक अवधि भुक्तानी, निश्चित अवधिको अन्तराल पश्चात बीमा करारमा तोकिए बमोजिम रकम भुक्तानी गरिने गरिएको छ ।

Comments

Back to top