एसियन पेन्ट्स र अभिक इम्पेक्सलाई तीन–तीन लाख जरिवाना

एसियन पेन्ट्सलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ लाख रुपैयाँ जरिवाना गरेको छ ।  

विभागले अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐनअनुसार एसियनलाई ३८ लाख १६ हजार ४ सय २५ रुपैयाँ बराबरको म्याद नाघेको र रि–लेबलिङ गरेको पेन्ट्स भेटिएपछि जरिवाना गरेको हो । 

एसियन पेन्ट्सकै गोदाममा म्याद नाघेको पेन्ट्स राख्ने अभिक इम्पेक्सलाई पनि ३ लाख जरिवानागरेको छ।इम्पेक्सले म्याद नाघेको र रि–लेबलिङ गरेको करिब ८२ लाख ५५ हजार ५ सय ४५ रुपैयाँ बराबरको पेन्ट्स राखेको विभागले जनाएको छ । 

कम्पनीहरूसँगको बयान र अध्ययनका आधारमा एसियन पेन्ट्स र इम्पेक्सलाई ३/३ लाख रुपैयाँ जरिवाना गरिएको छ। कम्पनीकै लागतमा नियन्त्रित पेन्ट्स नष्ट गर्ने व्यवस्था मिलाउन विभागले निर्देशन दिएको हो। 
 

Comments

Back to top