के अण्डाको पहेंलो भाग खानै हुन्न ?
अण्डा प्रोटिनको राम्रो स्रोत हो । पोषणविद्का अनुसार अण्डाबाट शरीरमा जुन तत्व प्राप्त हुन्छ, त्यो हानिकारक छैन।
अण्डाको पहेंलो भाग खानै हुन्न भन्ने आमधारणा छ त्यो सही होइन । अण्डाको सेतो भागमा प्रोटिन हुन्छ, पहेंलो भागमा फ्याट कोलेस्टेरोल बढी हुने भएकोले उच्च रक्तचाप, कोलेस्टेरोलका बिरामी र मुटुसम्बन्धी बिरामीले भने पहेंलो भाग नखाएको राम्रो हो ।
कोलेस्टेरोल, उच्च रक्तचाप, मुटुको समस्या र मिर्गौलाको समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग खानु उचित हुँदैन । खाँदै नखाने भन्दा पनि एकदम कम मात्रामा खानु राम्रो हो । यस्ता समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग सेवन गर्दा समस्या थप बढ्न सक्छन् ।
अण्डा र मासुमा अमिनो एसिड भन्ने प्रोटिन हुन्छ, जुन प्रोटिन शाकाहारी खानामा पाइँदैन । यस्ता समस्या भएका व्यक्तिले अण्डाको पहेंलो भाग सेवन गर्दा समस्या थप बढ्न सक्छन् । यसको धेरै सेवनले कोलेस्टेरोल, युरिक एसिड बढ्ने र प्रोटिनको मात्रा बढी भएर किड्नीलाई असर गर्ने हुनसक्छ। त्यसैले अण्डा खानै नहुने भने होइन, धेरै थोरै कति खाने भन्ने कुरामा चाहिं ध्यान दिनुपर्छ । तर खान हुन्छ भनेर धेरै मात्रामा सेवन गर्दा भने त्यसले शरीरमा असर गर्छ । दैनिक एउटा अण्डाको सेवनले शरीरमा कुनै प्रकारको असर गर्दैन ।
मुटुरोगको समस्या भएकाले पनि अण्डा खान मिल्छ । तर अण्डाको सेतो भाग मात्र खानु राम्रो हो । पहेंलो भागमा कोलेस्टेरोल र फ्याटको मात्रा बढी हुने भएकाले पहेंलो भाग भने नखाँदा हुन्छ ।
कोलेस्टेरोलको समस्या भएकाले पनि अण्डाको पहेंलो भाग नखाएर सेतो भाग खाँदा कुनै हानि गर्दैन ।
Comments