ग्लोबल आइएमई बैंकले हुण्डाईका विद्युतीय गाडी किन्न ३ दिनमै कर्जा दिने
ग्लोबल आइएमई बैंक लिमिटेड र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.बीच विद्युतीय सवारी कर्जा सहुलियत ब्याजदरमा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका साना तथा मझौला कर्जा विभाग प्रमुख रुपेन्द्र वाग्ले र लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.का जनरल म्यानेजर इन्द्रप्रसाद सापकोटाले बिहीबार बैंकमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. तथा उक्त कम्पनीका आधिकारिक बिक्रेताले बिक्री गर्ने हुन्डाई ब्राण्डका विद्युतीय सवारी साधन खरिद गर्न समझदारीअनुसार बैंकले सहज रुपमा कर्जा प्रवाह गर्नेछ।
बैंकको शाखा कार्यालयमा आवश्यक कागजात तथा विवरणसहित निवेदन दिएपश्चात ३ कार्यदिन भित्र ग्राहकलाई बैंकले नियमानुसार सहज रुपमा सवारी साधन कर्जा प्रवाह गर्नेछ ।यो सुविधा ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध हुने छ।
Comments