सानिमा बैंकले गर्यो ‘सानिमा भिसा डाइरेक्ट’ सेवाको सुरुवात!

 

आफ्ना ग्राहकका लागि सानिमा बैंकले  ‘सानिमा भिसा डाइरेक्ट’ सेवा ल्याएको छ। ग्राहकले विदेशबाट पठाएको पैसा यो सेवामार्फत तुरुन्तै प्राप्त गर्न सक्नेछन्।

सानिमाको भिसा कार्ड नम्बरमा विश्वभरबाट विभिन्न डिजिटल माध्यम जस्तै- इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएमबाट सजिलै रकमान्तर गर्न सकिनेछ। विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्न यो सेवा नवीन प्रविधि भएकोले उपयुक्त वैकल्पिक माध्यम रहेको छ।

भिसा इन्टरनेसनलसँग सहकार्य गरी बैंकले उक्त सेवा प्रदान गरेको हो। यो सेवा सरल, सुरक्षित  र छरितो छ। सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा एटीएम सेवा  सञ्चालनमा रहेका छन्। 

यसका साथै सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ आउटलेट, रेस्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

Comments

Back to top