एक सय रुपैयाँको टपअपमा इ- स्कुटर जित्ने मौका!

खल्तीले आफ्ना प्रयोगकर्ताहरुको लागि खल्तीमार्फत रु १०० को टपअप गर्दा “आइमा इ-स्कुटर ’ जित्न सक्ने अफर ल्याएको छ । 

यो अफर  कार्तिक २४ देखि पौष १६ सम्म लागु हुने कम्पनीले बताएको छ । यस अफरमा सहभागी हुनका लागि खल्तीका प्रयोगकर्ताहरुले खल्ती एपको ‘फिचर  सेक्सन् ’ मा गएर “खल्ती मा आइमा इ-स्कुटर” आईकन बाट रू.१०० को रिचार्ज र टपअप गर्नुपर्ने हुन्छ। साथै, आफ्नो जित्ने सम्भावना बढाउन प्रयोगकर्ताले कुनै पनि मोबाइल नम्बरमा जति पटक पनि रिचार्ज गर्न पनि सक्ने कम्पनीले बताए ।

सहभागी मध्ये एक जना भाग्यशाली बिजेताले आइमा इ-स्कुटर प्राप्त गर्नेछन् भने हरेक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले आइमाको तर्फबाट अन्य पुरस्कार पाउनेछन् ।  

Comments

Back to top