चुनाव प्रचार बिहीबार मध्यरातसम्म मात्रै
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले बिहीबार मध्यरातसम्म मात्रै चुनावी प्रचार गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आचारसंहितामा उल्लेख भए अनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, आदानप्रदान गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने छ।
प्रहरी युनिट भएको स्थान र अन्य स्थानमा बिहीबारबाट विशेष योजना अघि सारेर सुरक्षा व्यवस्था मिलाइने आयोगले जनाएको छ । निर्वाचन सुरक्षामा २ लाख ९८ हजार म्यादीसहितका सुरक्षाकर्मी परिचालन हुँदै छन् ।
Comments