नेपाल बैंकको कर्मचारीमैत्री ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
नेपाल बैंकले आफ्नो ८६ औँ वार्षिकोत्सव मनाउने भएको छ ।
नेपाल बैंक भोलि कात्तिक ३० गतेका दिन ८६ औँ वर्षमा प्रवेश गर्दैछ। यस अवसरमा बैंकले काठमाडौं उपत्यकाभित्रका शाखाहरूमा कार्यरत कर्मचारीहरू बीचमा मैत्रिपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना गरेको थियो। सोही खेलको उद्घाटन नेपाल बैंकका सञ्चालक समिति सदस्य विवेक राणाले गरेका थिए ।
प्रतियोगितामा पुरुष सिंगलतर्फ विष्णुहरि न्यौपाने र महिला सिंगलतर्फ रुपा महर्जन प्रथम, पुरुष डबलमा बाबुरत्न महर्जन एवम् मनोज महर्जनको समूह प्रथम र महिला डबलतर्फ रुपा महर्जन एवम् सविना थापाको समूह प्रथम भएको थियो भने दोस्रो स्थानमा पुरुष सिंगलतर्फ ध्रुब दाहाल र महिला सिंगलतर्फ सविना थापा, पुरुष डबलमा गोविन्द सुवेदि एवम् ध्रुव दाहालको समूह र महिला डबलतर्फ बन्दना शर्मा एवम् विद्या धिताल समूह भएका थिए ।
Comments