फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै लक्ष्मी बैंकले ल्यायो नयाँ बचत योजना
फिफा विश्व कप २०२२ लाई लक्षित गर्दै लक्ष्मी बैंकले नयाँ योजना “सेभ लाइक अ च्याम्पियन” (बचत गरौ, च्याम्पियन बनौं) ल्याएको छ ।
फिफा विश्वकप विश्वकै सबैभन्दा ठूलो खेलमेलाको दिनगन्ती शुरु भइसकेको छ । फुटबलका नेपाली पारखी र प्रशंसकहरु हरियो मैदानहरुमा देखिने जादुमयी खेलहरुको प्रत्यक्षदर्शी बन्नका लागि आतुर भइसकेका छन् । यस्तो अवस्थालाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो ।
विश्वव्यापी लोकप्रियता बोकेको यो प्रतियोगितालाई उत्सवको रुपमा मनाउने क्रममा लक्ष्मी बैंकले बचतको महत्वलाई उजागर गर्न गोलरक्षकद्वारा फुटबल खेल जित्नलाई गरिने बचाऊ र लगनशीलतापूर्वक व्यक्तिगत तवरमा आफ्नै आर्थिक उपार्जनका लागि गरिने बचतबीच समानता देखाउने उद्देश्यका साथ एक नयाँ योजना “सेभ लाइक अ च्याम्पियन सञ्चालन गर्ने भएको छ ।
यस अभियानले वर्तमान र भविष्यका दुवै पुस्ताहरुको भविष्य उज्ज्वल बनाउन ‘बचत’ को शक्ति र भावनालाई प्रवर्धन एवं प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। ग्राहकहरुले विभिन्न प्रतियोगितामा भाग लिनका साथै बचत खाताका अफरहरु पनि लिन सक्नेछन्।
लक्ष्मी बैंकको यो अभियान नोभेम्बर २०, २०२२ देखि डिसेम्बर ३१, २०२२ सम्म संचालन हुनेछ । यस अवधिमा बचत गर्ने निश्चित बचतकर्ताहरुलाई पूर्व स्वीकृत क्रेडिट कार्ड, आजीवन निःशुल्क ग्रीन बैंकिङ्ग प्याकेजर खुत्रुक्के लगायतका आकर्षक उपहारहरु प्रदान गरिनेछ ।
Comments