सानिमा बैंकको शाखा  सीतापाइलामा

सानिमा बैंकले कात्तिक २५ गतेदेखि  काठमाडौँको सितापाइलामा शाखा स्थापना गरी सेवा सुरु गरेको हो।

सानिमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले उक्त शाखा कार्यालयको उद्घाटन गरेका थिए ।

उद्घाटन समारोहमा बैंकका अध्यक्ष तुक प्रसाद पौडेलले शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिनुका साथै अन्य स्थानहरुमा पनि शाखा विस्तार गर्दै ग्राहकहरुले पाउने सेवा सुविधा बढाउँदै जाने बताए।

बैंकले सातै प्रदेशमा १३० कार्यालय र १२२ वटा ए.टि.एम. बैंकिङ सेवा दिँदै आएको छ ।

Comments

Back to top