दि नेपाल डिस्टीलरिजले पायो आईएसओ प्रमाणपत्र
खुकुरी रमको उत्पादक दि नेपाल डिस्टिलरीजले ‘आइएसओ ९००१:२०१५’ प्रमाणपत्र प्राप्त गरेको छ ।
उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यता प्राप्त प्रमाणीकरण निकाय, डिएनभी (युकेएएस) बाट उक्त प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको कम्पनीले बताएको छ। कम्पनीले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रीत गर्दै, ग्राहकहरुका आवश्यकताहरू पुरा गर्दै आइरहेको जनाएको छ।
सोही आवश्यकता पुरा गर्नका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको छ। यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनायो ।
Comments