समृद्धि फाइनान्सले मनायो २१ औँ वार्षिकोत्सव

आफ्नो सबै शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरि  समृद्धि फाइनान्सले २१औं वार्षिकोत्सव  मनाएको छ । समृद्धि फाइनान्सलको २१औं वार्षिकोत्सवको अवसरमा  कार्तिक १९ गतेदेखि २१ गतेसम्म  नेसनल (भेट्रान) चेस च्याम्पियन–२०२२ को आयोजना गरेको थियो । संस्थाले २१औँ वार्षिकोत्सवको अवसरमा लोभ लाग्दो ब्याज भएको खाता पनि सार्वजनिक गरेको छ ।

कार्यक्रमको समयमा १० वर्ष भन्दा पुराना ४ जना कर्मचारीहरुलाई दिर्घसेवा पदक सहित प्रमाणपत्र प्रदान गर्नुको साथै आफ्नो सबै शाखाहरुको कर्मचारीहरुलाई दिएको लक्ष्य पुरा गर्ने १३ जना कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गरेको फाइनान्सले जनाएको छ । समृद्धि फाइनान्स संस्थाका सबै शाखाको ऋणीहरु मध्ये १० जना उत्कृष्ठ ऋणीहरुलाई सबै शाखाहरुमा भएको कार्यक्रमबीच प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको जानकारी यस संस्थाका का.मु मुख्य व्यवसाय प्रवर्धन अधिकृत सुरज कुमार सर्राफले जानकारी दिएका छन् ।

लोभ लाग्दो ब्याज खातामा अधिकतम १० प्रतिशत ब्याज भएको नागरिक बचत खाता, ३ महिने मुद्दती निक्षेप्मा १३.२० प्रतिशत रहेको खाता , कल खातामा ४.५ प्रतिशत ब्याज रहेको खाता, समृद्धि डबल धमाका, तेब्बर धमाका , पाँच गुणा र आठ गुणाको मुद्दती योजनाहरु समावेश गरिएको छ ।

Comments

Back to top