दुई लाख पुगे डिशहोम फाइभरनेटका प्रयोगकर्ता
डिशहोम फाइभरनेटले आफ्नो सेवा सुरु गरेको केही समयमै तीव्र रूपमा सफलता प्राप्त गर्न सफल भएको डिशहोम फाइबरनेटका मार्केटिङ उपमहाप्रबन्धक सञ्जय राजभण्डारीले बताए । डिशहोम फाइभरनेट कम्पनीले सुरु गरेको तीन वर्षकै अवधिमा २ लाख ग्राहक बनाउन सफल भएको छ ।
डीटीएच सेवामार्फत् ग्राहकहरुको मन जित्न सफल कम्पनीले आक्रामक रुपमा बजार विस्तारगर्दै आफ्नो सेवा देशको सातै प्रदेशमा उपलब्ध गर्दै आएको छ । आकर्षक छुट, निशुल्क डिशहोम गो एप तथा विभिन्न सजिलो, अन्य सेवा प्रदायकको भन्दा सस्तो तथा आकर्षक प्याकेजका कारण डिशहोम फाईवरनेट ग्राहकहरुको पहिलो रोजाई हुन पुगेको छ ।
यसैगरी, साना प्याकेज आवश्यक पर्ने ग्राहकका लागि पनि सोही अनुरूप सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।
Comments