हिमालयन बैंक र दराजबीच सम्झौता!
हिमालयन बैंक र अनलाइन सपिङ्ग पोर्टल दराजबीच ११.११ अभियानमा आफ्ना ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । कर्तिक २५ गतेदेखि नोभेम्बर ११ गतेका दिनसम्म लागु हुने सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक विजय मान नकर्मी र दराजको पेमेन्ट र पार्टनरसिप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् ।
सो अभियान अनुसार दराजको ११.११ को अवधिभर अनलाइनमार्फत बैंकका ग्राहकहरुले सामान खरिद गर्दा आफ्नो डेबिट कार्डबाट अग्रिम भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. २५ सयसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँ सम्मको छुट प्राप्त गर्ने सम्झौता भएको छ ।
उक्त योजनाको लागि ग्राहकहरुले आफ्नो ई-कमर्श कार्ड सक्रिय गर्नु पर्नेछ । यसका लागि ग्राहकहरुले बैंकको मोबाइल बैंकिङ्गबाट आफैलेनै आफ्नो कार्डमा ई कमर्श सक्रिय गर्ने सुविधा बैंकले प्रदान गरेको छ । यी पूर्वभुक्तानी छुटहरु सिमित र छुटमा केहि शर्तहरु लागु हुने भएकोले दराजको ११.११ अभियान अन्तर्गत ग्राहकहरुले छुट प्राप्त गर्न यथाशिघ्र कार्डबाट पूर्व-भुक्तानी गरी समानहरु खरिद गर्नु पर्ने बताईएको छ ।
Comments