सिद्धार्थ बैंकले ल्यायो भिषा रेमिट सेवा
रेमिट्यान्स सेवालाई सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ सिद्घार्थ बैंक लिमिटेडले भिसा इन्टरनेसनलसँगको सहकार्यमा भिषा रेमिट सेवाको सुरुवात गरेको छ ।
स्वदेशी तथा विदेशीग्राहकहरुले भिषा रेमिट सेवामा आबद्ध भएका बैंकहरुको मोबाइल-इन्टरनेट बैंकिङ्ग तथा रेमिट्यान्स कम्पनीहरू मार्फत भिसाकार्डको १६ अंकको नम्बर प्रयोग गरी उक्त रकम पठाउन सकिने छ। यसरी भिषा सेवा मार्फत पठाइएको रकम यस बैंकले जारी गरेको भिसाडेबिट ९लिंक गरिएको बैंक खातामा तथा क्रेडिट कार्ड मा सोझै प्राप्त गर्न सकिने छ।
यो सेवाले गर्दा ग्राहकवर्गहरुको रेमिट्यान्स सेवा अझ छिटो, सुरक्षित र सुविधाजनक रहने विश्वास बैंकले लिएको छ ।
Comments