विश्वकप २०२२ को अवसरमा भायाटीभीले ल्यायो विशेष अफर

यो वर्ष भायाटीभीले नेपाली उपभोक्ताहरूलाई लक्षित गर्दै आउँदै गरेको  फिफा वर्ल्डकप–२०२२ को अवसरमा विशेष अफर लिएर आएको छ। 

सो अफर अन्तर्गत भायाटीभीका ग्राहकहरुले मात्र रु. ५०० मा फुटबल विश्वकपका सबै खेलहरू लाइभ हेर्न पाउनेछन् । साथै ३२ इन्चदेखि ४३ इन्चसम्मका नयाँ हिमस्टार टीभी सेटहरूमा ५१ प्रतिशतसम्म छुट पाउनेछन्। सो अफर भित्र भायाटीभीका हालका ग्राहकहरूले रु. ५०० मा सबै विश्वकप खेलहरू हिमालय एचडी च्यानलमा सेट–टप–बक्स भएका प्रयोगकर्ताहरूले मात्र  प्रत्यक्ष हेर्न पाउने पनि जनाएको छ ।

भायाटीभीको ‘ब्रिंग होम द गेम’ अफर अन्तर्गत ग्राहकहरूले रु. १५० प्रतिमहिना सम्ममा भायाटिभी र रु. ९९९ प्रति महिनासम्ममा २०० एमबीपीएस भायानेट अल्ट्रा–फाई इन्टरनेट पनि पाउन सक्नेछन्। वार्षिक सदस्यता लिने वा नवीकरण गर्ने दुवै ग्राहकले यसरी इन्टरनेट र टिभी जोडे वापत नयाँ हिमस्टार टिभीमा ५१ प्रतिशतसम्म छुट पाउन सक्नेछन् । यसरी ग्राहकले ३२ इन्चको हिमस्टार एलईडी टिभी मात्र रु १२ हजार १२३ सम्ममा र ४३ इन्चको स्मार्ट टीभी मात्र रु. २४ हजार ३३५ सम्मको मूल्यमा खरिद गर्न पाउने छन्।

यसका साथै भायाटीभीको आइएसपी पार्टनर भायानेट कम्युनिकेसन्सले पहिलो पटक इन्स्टलेसन गर्दा डुअल ब्यान्ड ओएनयु र सेट–टप–बक्समा छुट उपलब्ध गराउनुका साथै विशेष छुटमा एमआई राउटर वा नोकिया मेस बिकन १.१ राउटर मध्ये एउटा एक्स्ट्रा राउटर पनि ग्राहकहरुले पाउने बताईएको छ।

Comments

Back to top