कोकाकोलाको फिफा वर्ल्डकप क्याम्पेन ‘ड्रिन्क–बिलिभ–विन’ शुरु

यो वर्ष कोकाकोलाले  नेपाली उपभोक्ताहरूलाई लक्षित गर्दै फिफा वर्ल्डकप क्याम्पेन अन्तर्गत ‘ड्रिन्क–बिलिभ–विन’ नाम रहेको क्याम्पेन सुरु गरेको छ ।

सो क्याम्पेन अन्तर्गत उपभोक्ताहरूले फिफा वल्र्डकप अफिसियल फुटबल, टिशर्ट, ज्याकेट जस्ता मर्कन्डाइजहरू जित्न सक्ने मौका पाउनेछन् । कोकाकोलाले संगठित गरको क्याम्पेन कार्तिक १५ बाट शुरु भई मंसिर २८ गतेसम्म लागु हुने बताईएको छ । 

उक्त क्याम्पेनमा सहभागी भई विभिन्न मर्कन्डाइजहरू जित्न हुनको लागि उपभोक्ताहरूले कोक बोतलको नयाँँ फिफा वल्र्डकप लेबलमा भएको क्युआर कोड स्क्यान गरेर लेबल पछाडि भएको युनिक कोड पठाउनुपर्ने हुन्छ ।  त्यस्तै, कोक(स्पेस)(लेबल पछाडिको नम्बर)(स्पेस)(आफ्नो नाम)टाइप गरेर ३४९४९ मा पनि एस्एमएस् पठाउन सकिने कम्पनीले जानकारी दिएको छ । 

Comments

Back to top