महालक्ष्मी विकास बैंकले ल्यायो कर्जामा विशेष योजना

महालक्ष्मी विकास बैंकले घर निर्माण र उद्यम गर्न इच्छुकहरू मानिसहरुलाई लक्षित गरी विशेष कर्जा सुविधा योजना सार्वजनिक गरेको गरेको छ । सो योजना अन्तर्गत  घर निर्माण गर्न इच्छुकहरूलाई आवास कर्जा र उद्यम गर्न इच्छुकहरूलाई उद्यमशील कर्जाअन्तर्गत विशेष कर्जा सुविधा सार्वजनिक गरिएको हो ।  

’सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ योजना अन्तर्गत धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम १५ वर्ष, घर निर्माणमा अग्रीम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुटजस्ता आकर्षक सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।

उद्यम गर्न इच्छुकहरूलाई लक्षित गरी बनाएको  ’सरल र सुलभ व्यावसायिक कर्जा, पौरखी हातहरूलाई थप ऊर्जा’ योजना अन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरू गर्न अग्रिम कर्जा प्रवाह, आकर्षक ब्याजदर तथा कर्जा शुल्कमा विशेष छुटजस्ता सुविधाहरू प्रदान गर्ने बैंकले जनाएको छ ।

 महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यावसायिक कर्जा अब सबै एक सयवटै  महालक्ष्मी बैंकका शाखाहरुमा उपलब्ध हुने बैंकले जानकारी दिएको छ  ।

Comments

Back to top