४ अर्बको संयुक्त लगानीमा टाइल उद्योग अफिङमा
नेपालको व्यापारिक घराना रमेश कर्पोरेशन र भारतको कजरिया सिरामिक्स लिमिटेडले संयुक्त लगानीमा नेपालमा टाइल उद्योग स्थापना गर्ने तयारी गरेका छन् । दुई कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा टाइल उद्योग सञ्चालन गर्ने लक्ष्य राखेका छन् ।
रमेश कर्पोरेशनले सोमबार आफ्नो वेबसाइटमा राखेको जानकारी अनुसार रु ४ अर्बको संयुक्त लगानीमा उद्योग निर्माण हुने भएको छ ।
रमेश कर्पोरेशन र कजरिया सिरामिक्सबीच भएको सम्झौताअनुसार नयाँ टाइल उद्योगले वार्षिक ८ लाख वर्ग मिटर टाईल्स र अन्य सिरेमिक उत्पादन गर्नेछ । प्रस्तावित टाइल उद्योग नेपालको सबैभन्दा ठूलो र संयुक्त लगानीबाट नवलपरासीमा सञ्चालन हुने कम्पनीले दाबी गरेको छ ।
रमेश कर्पोरेशन अनुसार यस उद्योगले नेपालको आन्तरिक बजारमा टाईल्सको माग मात्र नभई निकट भविष्यमा टाईल्सलगायत अन्य उत्पादन पनि निर्यात गर्ने बताएको छ ।
Comments