फोनपेमा मर्चेन्टको संख्या १० लाख पुग्यो
नेपाललाई क्यासलेस बनाउने उद्देश्यले शुरु गरिएको नेपालको भुक्तानी प्रणाली सञ्चालक फोनपेमा क्युआर मर्चेन्टको संख्या १० लाख नाघेको छ।
'नगद छोडौं, फोनपे गरौं' भन्ने नारासहित तीन वर्ष अगाडी स्थापना भएको फोनपे नेटवर्कमा हाल दैनिक ४ अर्ब बढीको कारोबार हुँदै आएको कम्पनीले बताएको छ। हाल सातै प्रदेशका सबै स्थानीय तहका सबै वडामा फोनपे क्यूआर अधिकांश पसलहरुमा देखिन थालेका छन्।
सहरका अधिकांश पसलहरुमा फोनपे क्यूआर देखिन थालेपछि ग्राहकहरुले पनि नगदको साटो फोनपेमार्फत भुक्तानी गर्न सहज ठानेका छन्। मर्चेन्टको संख्या १० लाख पुगेको उपलक्ष्यमा फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले भने, 'हामीले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन नगद रहित समाजको जुन परिकल्पनाका साथ यसको सुरुवात गरेका थियौँ, छाटो समयमै मर्चेन्टको संख्या १० लाख पुग्दा हामी थप उत्साहित भएका छौँ।'
Comments