एलजीको क्युयू सिरिज टिभी नेपाली बजारमा

एलजी ब्राण्डको आधिकारीक विक्रेता सीजी इम्पेक्सले वर्ल्ड कपलाई लक्षित गरी क्युयू सिरिजका यूएचडी टीभी नेपाली बजारमा भित्र्याएको छ ।

एलजीको यूएचडी श्रेणीमा ४३, ५०, ५५, ६५, ७५ र ८६ इन्चका टीभी बजारमा आएका छन् । उक्त टि.भीमा रियल फोर.के डिस्प्ले सँगै तीन साइड सिनेमा स्क्रिन डिजाइनका साथै क्वाड कोर प्रोसेसर फोर के, वेभ ओ.एस. ६.० अपरेटिङ सिस्टम, आई.पी.एस. प्यानल फोर के, एच.जी.आई.जी. मोड, अटोलो ल्याटेन्सी मोड गेम अप्टिमाइजर, ए.आई ब्राइटनेस, ए.आई साउण्ड, एच.डी.आर. टेक्नोलोजी फिल्ममेकर मोड, म्याजिक मोसन रिमोट कन्ट्रोल स्पोर्टस अलट जस्ता थुप्रै विशेषताहरु रहेको कम्पनीले जनाएको छ । 

साथै, यसमा एमेजोन ऐलेक्सा, गुगल असिस्टेन र एप्पल एयर प्लेय २ सँग होमकिटजस्ता विशेषताहरुका साथै  एल.जी थिङक्यु ए.आई  टेक्नोलोजी रहेको बताएको छ ।एप्पल एयर प्लेय २ को मद्दतले आफ्नो आइफोनबाट सिधै स्क्रिन सेयर/स्क्रिन मिरर गर्न मिल्ने पनि जानकारी दिईएको छ ।

Comments

Back to top