बीमा समिति ‘नेपाल बीमा प्राधिकरण’ बन्यो

आज मंगलबारदेखि बीमा समितिले ‘नेपाल बीमा प्राधिकरण’का रुपमा काम थालेको छ। बीमा समितिले बीमा व्यवसायको नियमन गर्दै  औपचारिक रुपमा आजदेखि बीमा प्राधिकरणमा रूपान्तरण भएको हो ।

बीमा समितिले २०७० सालदेखि यो बीमा ऐनको मस्यौदालेखनको काम सुरु गरेको थियो तर संसदमै तीन चार वर्ष अड्कियो । यसरी बीमा समितिको झण्डै एक दशकको प्रयास पछि नयाँ बीमा ऐन जारी भएको छ।  

यो ऐन लागू भएपछि बीमा समिति रहँदैन र बीमा कम्पनीको नियामक निकायको रुपमा बीमा प्राधिकरण स्थापना हुने छ । जसको केन्द्रीय कार्यालय काठमाडौं उपत्यका भित्रै हुने छ र प्राधिकरणले नेपालभित्र जुनसुकै स्थानमा आफ्नो कार्यालय खोल्न सक्ने छ ।

संघीय संसदवाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियोे। बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो। राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा समिति प्राधिकरण बनेको हो। विधेयकमार्फत प्रधिकारणले तोकेको चुक्तापुँजी बीमा कम्पनीहरुले नपुर्याए कम्पनीको लाइसेन्स  जफत गर्न सक्ने अधिकार पनि दिइएको छ।  

Comments

Back to top