इन्टरनेट सचेतना कार्यक्रममा वर्ल्डलिंकको सहयोग
इन्टरनेट सेवा-प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडको सहयोगमा इन्टरनेट सचेतना कार्यक्रम आयोजना हुने भएको छ।
वर्ल्डलिंकले पुल्चोक क्याम्पस (ईन्जिनियरिङ अध्ययन संस्थान)को इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स, र कम्प्युटर इन्जिनियरिङ विभागका छाता संगठन लोकससँग मिलेर देशका सातै प्रदेशका ५० विद्यालयमा यस्तो कार्यक्रम आयोजना गर्दैछ। कात्तिक २० देखि २६ गतेसम्म सञ्चालन हुने यो सचेतना कार्यक्रममा कक्षा ८ देखि १० मा अध्ययनरत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थी सहभागी हुनेछन्।
यस सचेतना अभियानका क्रममा बालबालिकालाई इन्टरनेटको सुरक्षित प्रयोग, साइबर बुलिङ, फिसिङ, अनलाइनमा सुरक्षित रहने तरिका, लगायतका विषयमा ज्ञान दिईने जानकारी गराईएको छ । देशको प्रमुख इन्टरनेट सेवाप्रदायकको हैसियतले बालबालिकाको अनलाइन सुरक्षालाई प्राथमिकतामा राखिएको वर्ल्डलिंकका प्रमुख कार्यकारी अधिकृत केशव नेपालले बताएका छन् ।
Comments