सिप्रदीले गर्यो टाटाको प्रोटेक्ट सेवा–सुविधाको थप विस्तार
सिप्रदी ट्रेडिङ प्रालि टाटा मोटर्सको आधिकारिक बिक्रेता हो। सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका सेवा–सुविधा विस्तार गरेको छ।
गत मंगलबार आयोजित एक विशेष कार्यक्रममा सिप्रदीले ग्राहकका लागि टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधा शुभारम्भ गरेको हो ।
सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले उक्त कार्यक्रममा नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यावसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट विक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताएका थिए।
टाटा प्रोटेक्ट योजनाको लक्ष्य ग्राहकको आकांक्षा बमोजिम उत्कृष्ट सेवाको ग्यारेन्टी प्रदान गर्ने र ग्राहकहरु ढुक्क भई आफ्नो व्यवसायमा ध्यान केन्द्रित गर्न सहयोग पुर्याउने हो । टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्व स्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको छ। कम्पनीका अनुसार टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्युइन पार्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पी, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन्। कम्पनीका अनुसार उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेछन् ।
मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, एएमसी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कंपनीले लिनेछ। टाटा जेन्यूइन पर्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरीएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार किमीसम्मको वारेन्टी सुविधा रहेको छ । एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्ने र नभएमा क्षतिपूर्तीको व्यवस्था गर्ने कम्पनीले जानकारी दिएको छ ।
यस्तै, टाटा जिप्पी अन्तर्गत ४८ घण्टाभित्र गाडीको मर्मत हुने र नभएमा क्षतिपूर्तिको व्यवस्था रहेको कम्पनीले उल्लेख गरेको छ । ग्राहकहरुको सेवाको लागि कस्टमर हेल्पलाइनको व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टाभित्र समाधान गर्ने प्रत्याभूति प्रदान गर्ने जानकारी दिएको छ।
Comments