बट्टार बसपार्कमा लुम्बिनी विकास बैंकले राख्यो टीभी
नुवाकोटको बट्टार बसपार्कमा लुम्बिनी विकास बैंकले टीभी राखेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको छ ।
यात्रुलाई प्रतीक्षा समयमा मनोरंजन हुने हिसाबले लुम्बिनी विकास बैंकले बसपार्कमा टीभी सहयोग गरेको बैंकले बतायो । बैंकले नुवाकोटको बट्टार बसपार्कमा टिभी राख्नको लागी शाखा कार्यालय बट्टार मार्फत बिदुर नगरपालिकाका नगर प्रमुख राजन लाल श्रेष्ठलाई ४३ इन्चको रङ्गिन टेलिभिजन एक थान र डिशहोम एक थान हस्तान्तरण गरेको छ ।
लुम्बिनी विकास बैंकको हाल देशका सातवटै प्रदेशमा गरी ८६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् । अब छिटै बैंकले काठमाडौंको नेपालटार, ललितपुरको इमाडोल, भक्तपुरको कमलविनायक तथा ललितपुरको लेलेमा एक एक्सटेन्सन काउन्टर खोल्ने बताएका छन् ।
Comments